इलाम सहित पुर्बी पहाडका मानिसलाई खाद्यान्न सामाग्रीको आभाव हुने चिन्ता

  प्रकाश नेपाल
0 Shares

इलाम : दिनहुँ तीब्र गतिमा नेपालमा देखिन थालेको कोरोना संक्रमित तथ्यांकले हरेक नेपालीमा डर त्रास बढे संगै पुर्बी पहाडका मानिसलाई खाद्यान्न सामाग्रीको आभाव हुने चिन्ता थपिएको छ । नेपाल कृषि प्रधान देश भएर पनि इलाम सहित अधिकाँस पुर्बी पहाडका मानिसको वर्ष भरी पुग्ने खाद्यान्न किने कै भरमा गुजार्नु पर्ने बाध्यता रहेको छ ।

लम्बिदो लकडाउनका करण खाद्य संकट आउन सक्ने त्रासले इलामका स्थानीयले खाद्यन्न जोहो गर्न थालेका छन् । खाद्यसामग्री अभाव हुने डरले स्थानीयस्तरमा उत्पादित खाद्यसामग्री देखी बजारमा किन्नुपर्ने खाद्य बस्तुहरु जोहो गर्न थालेका हुन । दुर्त गतिमा बडिरहेको कोरोना भाईरस संक्रमण महामारीका कारण यतिबेला देशमा लकडाउन चलिरहेको छ । कोरोना भाइरसको कारण मुलुकका सबै भुभागमा खाद्यसामग्री अभावको चिन्ता थपिदै गएको छ ।  लकडाउन थपिदै जदा खाद्यसामग्री अभाव हुने चिन्ताले इलामका स्थानीयहरुले स्थानीयस्तरमा उत्पादित कोदो, मकै, गहुँ, फापर, आलुलगायतका खाद्यसामग्री संकलन गर्न थालेका हुन् । यतिबेला शहरमा बस्नेहरु पनि बन्दाबन्दीमा गाउँ फर्किएकाले खाद्य सङ्कट आउन सक्ने भन्दै स्थानीयस्तरमा उत्पादित खाद्यसामग्रीहरुको जोहोमा नगरिकहरु जुटेका देखिन्छ्न ।

खेतीयोग्य जमीनको अभाव र मेहनत अनुसारको उत्पादन नहुनु पनि पहाडका बासिन्दाको पिडा छ भने अर्को तर्फ उनीहरुले उब्जाएको कृषिजन्य सामाग्रीहरु बिक्री गरेर खाद्यान्न समस्या टर्नुपर्ने बाध्यता रहेको उनिहरुको भनाई छ । तर यतिबेला झनपिडा माथि पिडा मकै बालिमा लागेकाे फौजीकिरा बन्न पुगेको छ । यस बर्ष मकै उत्पादन नहुने पो हो कि भन्ने समस्याले समेत पिरोल्न थालएको किसानहरुको गुनासो रहेको छ ।  मकै, धान, कोदो, फापर, तोरी, गहुँजस्ता अन्न उत्पादन गर्ने भन्दा पनि इलामका किसान अलैंची,अदुवा, लसुन, चिया, दूध, लोक्ता सुन्तला, कागती, जडिबुटीको निर्यातलाई प्रमुख आयस्रोतको माध्यम बनाएका छन् ।

विश्व महामारीले बन्दबन्दी शुरु भएपछि पहाडी क्षेत्रमा उत्पादन हुने सामान बिक्री ठप्प भएको र किनेर खाने सामाग्री पनि असहज बन्न थालेपछि आफ्नो परिवारलाई चाहिने खाद्य सामान जोहो गर्न जुटेका हुन । सुरक्षाका दृष्टिकोणले शहरमा बस्ने हरेक परिवारका मानिस गाउँ भित्रिए पछि अहिले हरेक घरमा परिवार संख्या वृद्धि भएको छ । त्यसैले पनि पहिला भन्दा अबको दिनमा खाद्यान्न बढी आवश्यक पर्ने भए पनि आफुहरुले उत्पादन गरेको बस्तु बिक्रि नहुदा समस्या भएको इलाम सन्दकपुरका याम बहादुर राइ बताए ।

महामारी ठेगान नलागुन्जेल अनिश्चितकालिन लकडाउन बाहेकको विकल्प केहि नभएकाले जेठ महीना देखि वर्षात शुरु भएपछि ढुवानी समस्या हुने हुँदा दुई तीन महिनालाई पुग्ने सामान जोहो गर्नुपर्ने वाध्यता इलामका ग्रामीण भेगका बसिन्दाहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार