कर्फ्यु लगाउने तयारी

  नयाँ बुलन्द
0 Shares

काठमाडौं: सरकारले केही दिनअघि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न दिएको निर्देशन तथा आग्रहलाई जनताले अवेज्ञा गरेको भन्दै कर्फ्यु लगाउने तयारी भैरहेको बताइएको छ ।

मंगलबारदेखि कर्फयु लगाउनेसम्मको तयारी भैरहेको स्रोतले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार यस्तो तयारी भैरहेको बताइएको हो ।

जनताले सरकारले दिएको निर्देशन पालना नगरेको, सडकमा मान्छेहरूको भिड नियन्त्रण नभएको भन्दै यस्तो निर्णय गर्न सरकार बाध्य भएको बताइएको छ ।

सरकारले घर बाहिर ननिस्कन आग्रह गरेपनि बाहिर भने झुण्ड बनेर मानिस हिडिरहेका छन् । चोक चोकमा भिड उत्तिकै छ ।

सरकारले अब आवश्यक पर्यो भने कर्फयु नै लगाउनु पर्ने अवस्था आएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार