कोरोनाका कारण मृतक र संक्रमितको संख्या बढेको बढ्यै

काठमाडौं : चीनमा फैलिएको कोरोना भाईरसको महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७० पुगेको छ । चीनको हुबेई प्रान्तमा आईतबारसम्म थप सय जनाको मृत्युपछि मृतकको संख्या १ हजार ७ सय ७० पुगेको हो । चिनिया नेशनल हेल्थ कमिसनका अनुसार आईतबारसम्म एक हजार ९ सय भन्दा बढी संक्रमित भेटिएका छन । जस अनुसाार हालसम्म संक्रमितको संख्या ७१ हजार २ सय ४ नाघेको छ ।

निकट भविष्यमै मृतक र संक्रमितहरुको संख्या विस्तारै कम हुँदै जाने चिनिया नेशनल हेल्थ कमिसनले विश्वास लिएको छ । हालसम्म यो भाईरस नियन्त्रण गर्ने अचुक औषधी वा भ्याक्सिन बनिसकेको छैन । विश्वभर त्रास फैलाईरहेको महामारीका कारण चीनलाई विश्वका कैयौं देशले यात्रा प्रतिबन्धको घोषणा समेत गरेका छन ।

नागरिकहरुको परिक्षण, उपचार र सहयोगका लागि हर सम्भव प्रयास गरिरहेको चिनिया नागरिक मामिला मन्त्रालयले जनाएको छ । जसअनुसार कोरोना प्रभावित क्षेत्रका हरेक समुदायमा कम्तिमा आठजना सामुदायिक कार्यकर्ता परिचालन गरेको छ । हरेक सामुदायिक कार्यकर्ताले तीनसय जनालाई हेर्छन । जनशक्ति, स्वयंसेवक, चिकित्सक, आवश्यक औषधी र अन्य सामाग्रीहरुको कमी हुन नदिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार