आजदेखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप प्रतियोगिता सुरु हुँदै

इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा आज (आइतबार) देखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु हुँदैछ ।

दिउँसो १ बजे गजुरमुखी धाममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले प्रतियोगिताको उद्घाटन गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ र एफसीडीसी फाकफोकथुम ७ इलामबीच प्रतिप्पर्धा हुँदैछ ।

रेडस्टार क्लब माङसेबुङ २ इलामको आयोजनामा संचालन हुने प्रतियोगितामा इलाम र पाँचथरका ८ टिमको सहभागिता रहेको आयोजक रेडस्टार क्लबकमा अध्यक्ष मदन राईले जानकारी दिए ।

प्रतियोगितामाआयोजक रेडस्टार क्लब माङसेबुङसँगै एफसीडीसी फाकफोकथुम ७ इलाम, देउमाई खेलकुद विकास समिति इलाम, इलाम एफसी इलाम, गुनमुने एफसी इलाम, राइजिङ स्टार क्लब रवी पाँचथर, फुवा युवाक्लब इलाम र एपीएफसी माङसेबुङ इलामको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल ११ फागुनमा हुनेछ ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संचालन गर्न लागेको प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार