अमर नेम्बाङ ट्रष्टद्वारा दुई श्रष्टालाई सम्मान गरिने

  युद्धबहादुर बोहोरा
28 Shares

पाँचथर : ‘अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्ट’ले यस बर्ष देखि अमर नेम्वाङको स्मृतिमा साहित्य पुरस्कार प्रदान गर्ने भएकाे छ।
जिल्लाको फाल्गुनन्द गाउँपालिको अध्यक्ष पदमा आधा कार्यकालकै क्रममा निधन भएका पूर्व अध्यक्ष स्व.अमर नेम्बाङको नामबाट ट्रष्टको स्थापना गरिएको ट्रष्ट अध्यक्ष नेम्वाङका जेठा छाेरा मुनिन्द्र नेम्बाङले जानकारी दिए।

नेपाली काँङ्ग्रेसको तर्फबाट निर्वाचित भएका अध्यक्ष नेम्वाङ पालिका बासीको मात्रै नभएर समग्र जिल्लाकै अभिभावक भएकाले उनको अविस्मरणीय योगदानको कदर गर्दै स्थानीयको चासो अनुसार ट्रष्टको स्थापना गरिएको बताइएको छ।
उनको देहावसान पछि उपनिर्वाचनबाट रिक्त पदमा निर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले स्व.नेम्वाङलेका योजना र उनका सपना पुरा गर्ने प्रतिबद्धता जनाउँदै उनी सम्झन योग्य अग्रज मध्येका एक असलव्यक्तित्व भएको बताए।

एकलाख राशिकाे उक्त पुरस्कार यसबर्ष साहित्य क्षेत्रका दुई श्रष्टालाई सम्मान गर्ने भएको छ।
सम्मानित हुनेमा उपन्यासकार,अनुसन्धानकर्ता तथा नाटककार डा.देवि क्षेत्रि दुलाल र कवि तथा समालाेचक मुनाराज शेर्मालाई प्रदान गरिने छ।
२०७६ माघ २६ गते स्वर्गीय नेम्बाङकाे स्मृति दिवसका दिन उनको जन्म स्थान फाल्गुनन्द-३,पौवासारतापमा एक अाैपचारिक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

को हुन् स्व.नेम्वाङ ?

फाल्गुनन्द गाउँपालिका-३,पौवासारताप निवासी स्व. नयेन्द्रराज(नरबीर) नेम्बाङ र माता श्रीहाङमा थाम्सुहाङकाे माहिला छाेरा वि.सं. १९९८ सालमा उनको जन्म भएको थियो।

उनले गाउँकै मनरत्न मिडिल स्कुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका थिए।त्यस पछि १० वर्ष भारतको दार्जिलिङ हुँदै त्रिभुवन विश्वविद्यालयबाट २०२५ सालमा राजनीतिशास्त्रमा स्नातकाेत्तर पूरा गरेका थिए।अध्यन पछि उनी जागिर तथा शहरिया जीवन तर्फ कल्पना नगरी ग्रामीण क्षेत्रको सेवामा सक्रिय रहे।

वि.स.२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनकाे जनपक्षिय नेपाली कांग्रेसकाे तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक पटक साविक पौवा सारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष निर्वाचित भए।उनी जिल्लाकै जेष्ठ अध्यक्ष थिए।
तीनवटै व्यवस्था गाउँञ्चायत,गाउँविकास समिति,गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित भए।अन्तमा गाउँपालिका अध्यक्ष कार्यरतमै वडाकाे एक कार्यक्रममा सम्बाेधन गर्दै गर्दा ढले।

त्यस पछि उपचारमा लैजाँदै गर्दा बाटोमा उनको २०७५ माघ २६ गते ७७ वर्षको उमेर सधैंको लागि अस्ताए।उनका तीन छाेरा मुनिन्द्र,सुनिन्द्र,गुनिन्द्र,एक छोरी इन्दिरा,श्रीमति चन्द्रकला थाङदेन साथै नातानातीनाहरु छन्।

जिल्लाका बौद्धिक हस्ती मानिने उनी लिम्बु समुदायमा स्नातकाेत्तर गर्ने पहिलाे व्यक्ति हुन्।केहि समय अमेरिकमा उनले बसोबास गरेका थिए।त्यहीँ रहँदा पनि उनले साहित्य क्षेत्रमा राम्रो दखल राखे।उनका अमेरिका भ्रमणका सम्झना,सम्झनाका तरेलिहरु र एक साँझकाे अवसान नामक कविता संग्रह लगायत अन्य थुप्रै लेख रचनाहरु प्रकाशित छन् ।

२०७५ सालमा नेपाल सरकारले उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित भएका उनको पछिल्लो समयमा राजनीतिज्ञ,बिश्लेशक तथा विज्ञहरुले पनि उनको चर्चा परिचर्चा गर्न थालेका छन्।

काे हुन् साहित्यकार डा.दुलाल ?

पाँचथर लुङरुपामा बाबु सनमान दुलाल र अामा लीलादेबीकाे काेखबाट २०२८ सालमा जन्मिएका डा.देवि क्षेत्रि दुलालले राजनीतिशास्त्रमा पिएचडी गरि हाल इलाममा रहेर सामाजिक क्षेत्रमा आवद्ध हुँदै विभिन्न विधामा साहित्यको सिर्जनामा क्रियाशिल छन्।
उनका २०५१ साल देखि अहिलेसम्म दुई दर्जन भन्दा बढी नाटक,उपन्यास,एकाङ्की,जिवनी,समालोचना,कविता,इतिहास तथा कथोपन्यासहरु प्रकाशन भइ सकेका छन्।

उनले लेखका कृतिहरु साहस,रङ्गधाेजी सेताे परेवा,विकासकाे जरा इलाम,डा.बाबुराम भट्टराईको जिवनी,पाँचथरकाे इतिहास ,इलामकाे चिया पर्यटन,पाथीभराको उत्पति,काले दमाई,अाफ्नै अाँखामा मेराे बाल्यकाल लगायतका रसिला, चाख लाग्दा र यथार्थपरक कृतिहरु बजारमा उपलब्ध छन्।

काे हुन् कवि शेर्मा ?

बाबु नारायणप्रसाद शेर्मा र अामा धनमाया राइकाे काेखबाट २०२४ साल जेठ ३ गते झापाको बुद्धशान्ति-३,बर्नेमा मुनाराज शेर्माको जन्म भएको थियो।उनी लामाे समयदेखि साहित्य क्षेत्रमा क्रियाशिल छन्।कविता क्षेत्रमा छुट्टै उचाई निर्माण गर्न सफल उनकाे शब्दहरुकाे ‘याक्शा नामक’ कविता संग्रह प्रकाशित छ।कविता लगायत समालाेचना क्षेत्रमा पनि अब्बल मानिने शेर्मा कविका रूपमा चिनिन्छ्न्। हाल उनी झापा बुधबारेमा शिक्षण पेशामा संलग्न छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार