ब्रबिम र पूर्णिमाको ‘ढाकाको साडी’ सार्वजनिक । भिडियो सहित ।।

  टीआर सेनेहाङ
0 Shares

मंसिर १४ ,
लिम्बु गित संगितमा एकछत्र राज गरेका किरात मुन्धुमी गायक ब्रबिम सेर्मा र चर्चित गायिका पूर्णिमा लामाको स्वरमा रहेको ‘ढाकाको साडी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम संगित क्षेत्रका पनि चम्किला नक्षत्रको रुपमा परिचित गायक सेर्मा र थोरै समयमा धेरैको मन जित्न सफल गायिका लामाको पछिल्लो गित ‘ढाकाको साडीे’ को म्यूजिक भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक भएको हो ।

सिर्जना लिङदमको शब्द , फणिन्द्र राईको एरेञ्ज र गायक ब्रबिम अनि डिल्ली विक्रम सेर्माको संगित रहेको यो भिडियोमा चर्चित कलाकार उमेश राई ‘फुःलेन्देको आमा’ र रेश्मा राईले स्क्रिन रोमान्स गरेका छन् ।

ढाकाबाट बनेको कपडा मायाको चिनोको रुपमा उपहार दिने सभ्यतालाई प्रेमिल भावको कलात्मक शैलीमा उतारिएको सांगितिक भिडियोको निर्देशक दिनेश माङमुले निर्देशन गरेका हुन् । निर्देशक माङमुले भिडियो भित्र गायक ब्रबिम र गायिका पूर्णिमालाई पनि विशिष्ट पात्रको रुपमा अघि सारेका छन् ।भिडियो ओर्जिन नेपालको युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो यता,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार