इलाम नगरपालिकाले कडा रोगीलाई १० हजार दिने

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिकाले कडा रोगीलाई राहत स्वरुप १० हजार रुपैयाँ दिने भएको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकारबाट जारी भएको विपन्न नागरिक औषधी उपचार कोष अनुसार कडा रोग लागी औषधी उपचारका आइतबारबाट लागू हुनेगरी राहत दिने भएको हो  ।

प्रतिव्यक्ति एक पटकका लागि १० हजार रुपैयाँ सहयोग रकम वितरणको व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी राष्ट्रिय योजना आयोगबाट आर्थिक बर्ष ०७७।०७८ मा कार्यान्वयन हुने योजनाको बारेमा छलफल गरी मिलगोलाइ विणापानी सडक निर्माण योजना कार्यान्वयनका लागी विस्तृत परियोजना प्रस्ताव सहित पठाउने निर्णय भएको छ ।

इलाम नगरपालिका वडा नम्बर ६ को सेतीदेवी क्षेत्रबाट पुवाखोलामा झोलुङ्गे पुल निर्माणको आवश्यकता महसुस गरी योजना स्विकृतका लागी सस्पेन्सनब्रिज डिभिजन श्रीमहल पुल्चोक ललितपुरलाई अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए  ।

त्यस्तै गरी इलाम नगरपालिका अन्तर्गत विभिन्न योजना कार्यान्वयनका क्रममा उपभोक्ता समितिले जम्मा गरेको धरौटी २ चरणमा फिर्ता दिने निर्णय गरिएको छ । जस अनुसार योजना सम्पन्न भएको ४ महिनापछि धरौटी रकमको ३ प्रतिशत र लेखा परीक्षण कार्य सम्पन्न भएपछि धरौटी रकमको २ प्रतिशत रकम फिर्ता हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार