भीरबाट लडेर एक जनाको मृत्यु

  नयाँ बुलन्द
0 Shares

प्युठान : नौबहिनी गाउँपालिका–१‚ स्याउलीवाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका–२ लिघाबाट घर फर्किँदै गर्दा स्याउलिवाङको सरीमा शनिवार साँझ ५ वजे ४६ वर्षीय टोपबहादुर सेन ठकुरीको लडेर मृत्यु भएको हो ।

घटनाबारे वडा नम्बर १ का वडा अध्यक्ष शेरबहादुर सेनले जानकारी दिएपछि प्रहरी चौकी स्याउलीवाङको टोली घटना स्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटना स्थल प्रहरी चौकीबाट ३ घण्टाको पैदल दूरीमा रहेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार