अध्यक्षकप वडास्तरीय फुटबलको चौथो दिन दुई खेल

  गोविन्द लामिछाने
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा जारी अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिताको चौथो दिन दुई खेल सम्पन्न भएका छन् ।

आज सम्पन्न पहिलो खेलमा वडा नं. १ बी र वडा नं. ६ ए टीम बीच भएको खेलमा वडा नं. ६ विजयी भएको छ ।

वडा नं. ६ का तर्फबाट टंक गुरुङले १ गोल गर्दै टीमलाई विजयी गराएका हुन् ।

त्यस्तैगरी आजै सम्पन्न वडा नं. ६ र वडा नं. ७ बीच भएको महिला टीमको खेलमा वडा नं. ७ का तर्फबाट २ गोल गर्दै विजयी बनेको छ । निर्धारित समयमा दुवै टीम १–१ गोलसहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा वडा नं. ७ ले थप १ गोल गरेर टीमलाई विजयी बनायो ।

भेन्ट्रान्सतर्फ वडा नं. २ को टीम खेलमा सहभागी नबनेपछि वडा नं. ६ वाकओभर पाउँदै फाइनलमा प्रवेश गरेको छ ।

पुरूषतर्फको खेलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद, प्रमाण पत्र र मेडल पाउनेछन् । त्यस्तैगरी महिला र भेन्ट्रान्सतर्फ विजेताले ३०÷३० हजार र उपविजेताले १५÷१५ हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा सात वटा वडाका २८ टीमले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार