इलाम : इलामको रोङ गाउपालिका ४ मा बासको हस्तकला बनाउने तालिम सञ्चालन भइरहेको छ । गाउपालिकाको सहयोग र घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजनामा भइरहेको तालिममा वडाका १० जनाको सहभागिता रहेको छ ।
गत बर्ष पनि बासको सामाग्री बनाउने तालिम प्रदान गरिएको र सोही तालिमको पुर्नताजकी स्वरुप तालिम आयोजना गरिएको वडा अध्यक्ष सूर्य राईले बताए ।
तालिममा बासको जरा बाट बिभिन्न प्रकारका हस्तकलाका सामाग्री बनाउन सिकाउने कार्यक्रम रहेको छ । ४५ दिन लामो तालिम आगामी बैशाख मध्य सम्ममा सम्पन्न हुने कार्यक्रम रहेको छ ।