नेपाल लाईफ इन्स्योरेन्सको आधारभुत अभिकर्ता तालिम

  नन्दन सर्वत लिम्बू
0 Shares

इलाम : नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलामले दुई दिने अभिकर्ता तालिम शुरु गरेको छ ।

सुरक्षित जीवनयापन, बचत र उच्चतम लाभांश प्रदान गर्ने नेपाल लाईफ इन्स्योरेन्सको सफलता र यसको प्रसिद्दिले नेपाली नागरिकलाई आकर्षण गरिरहेको बताउँदै तालिमको शुरूवात गरिएको जनाएको छ ।

इलाम ग्रीन भ्यु होटलमा सुरु भएको तालिमको सहजीकरण इलामका सिनियर एजेन्सी म्यानेजर भक्तिप्रसाद भट्टराई र एजेन्सी म्यानेजर दिपेन्द्र कोइरालाले सहजीकरण गरिरहेका छन् ।

तालिममा ५० जना अभिकर्ताहरुको सहभागिता छ । तालिम समापनपछि सहभागीलाई सम्मान र लाईसेन्स प्रदान गरिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार