सडक मर्मतपछि यात्रामा सहज

  गोबिन्द पौडेल
0 Shares

रोङ : हर्कटे, धजे, जिर्मले सडकखण्डको सुनपा ६ तारगाउँदेखी रोङ ६ को धजेसम्मको मोटरबाटो मर्मत गरिएपछि जनजीवन सहज भएको छ ।

वर्ष याममा पवरेका खाल्डाखुल्डी र ढिस्कनाहरुको कारण सडक असजिलो भएपछि रोङ गाउँपालिका वडा नं ६ को सक्रियतामा बाटो मर्मत गरिएको हो । हालै रोङ ६ को थर्पुबजार संचालन भएपछि यहासम्म आउनेहरुको सहजताको लागि थर्पुबजारदेखि तारगाउँको तारागाउँ चिया उद्योगसम्म करिव ३५ हजारको लगानीमा मानव शक्तिको प्रयोग गरि सडकको खाल्डाखुल्डी पुरिएपछि यात्रा सहज भएको हो ।

यता थर्पुबजार देखि धजे डाडाँसम्मको बाटोमा प्रसस्त ढुङ्गाहरु निस्किएर सडक असजिलो भएको गुनासो आएपछि वडा कार्यलयको सक्रियतामा सो खण्डमा पनि सिद्धि हाइडोपावर कम्पनी सगको सहकार्यमा सडक मर्मत गरिएको थियो ।

सडक मर्मत गरिएपछि हर्कटे बाट रम्भ्याङ्ग हुँदै सलकपुर र झापासम्मको यात्रा सहज भएको छ भने मोटरसाइकलमा यात्रा गर्नेहरुको लागि पनि निक्कै सहज भएको रोङ ६ का ख्याम घिमिरेले बताए ।

चालु आथिएक वर्षमा सो सडकको लागि रोङ गाउपालिकाले १२ लाख र सांसद बिकास कोषबाट १० लाख व्निियोजन भएकोले सो रकमबाट सडकको स्तर उन्नतीमा गरिने कार्यक्रम रहेको रोङ ६ का वडाध्यक्ष सुवास तामाङ्गले बताए । यता रोङ ६ को रम्भ्याङ्गमा रहेका भित्रि सडकहरुको पनि लागत साझेदारीमा मर्मत र स्तर उन्नती कार्य थालिएको छ ।

बडा वडा नं ६ को मर्मत कोषबाट एकलाख पचासहजार बाफतको तेल खरिद गरिने पाथीभरा बिल्र्डसको एउटा र स्याङ्गबो बिल्डर्सले दुई व्टा स्काइभेटर निशुल्क दिने र स्थानिय बासीहरुले चालक, सहचालकको भत्ता र खाना खाजाको वयवस्थापन गरेर साबिक बडा नं ४ को फागुने बरडाडा फामखोला, थर्पुबजार सिमधारा, आलेढुङ्गा, बरबोटे,आलेढुङ्गा ट्याङ्की डााडा सडक मर्मत गरिन थालेको हो । यसअघि स्कुलडाँडा, खनिउचोक, बरडाडाँसम्मको सडकको स्तरउन्नती गरि सकिएको वडा सदस्य केशर प्रधानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार