आत्मानन्द गोल्डकपको उपाधि यासोक पाँचथरले चुम्यो

इलाम : सयपत्री सार्वोत्तममुखी पा“चथर इलामको माङसेबुङमा आयोजित ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

माङसेबुङ खेलमैदानमा सोमबार भएको फाइनलमा बुद्ध स्पोर्ट्स क्लब चन्दगढी झापालाई ४–१ को सहज जित निकाल्दै यासोक पा“चथरले उपाधि चुमेको हो । जितस“गै यासोकले आत्मानन्द गोल्डकपको लगातार तीन संस्करणको विजेता बन्ने पहिलो भाग्यशाली टिम बनेको छ । यासोकले यसअघिको नवौं र दशौं संस्करण समेत जितेको थियो ।

जितसँगै यासोक पा“चथरले नगद एक लाख ८ हजार ६५ रुपैया“ प्राप्त गरेको छ । उपविजेता चन्द्रगढी झापाले नगद ७५ हजार ६५ रुपैया“मा चित्त बुझाउन बाध्य बन्यो ।

पहिलो हाफमा नै अग्रता कायम गर्न सफल यासोकले दोश्रो आफमा समेत अग्रता बढाएको थियो । खेलको १३ औं मिनेटमा नै यासोकले गोलको खाता खोलेको थियो । यासोकका प्रकाश सुब्बाको प्रहार चन्दगढीका गोलरक्षक सुमन लिम्बूको हातबाट फुत्केर जाली चुमेको थियो । त्यसको ७ मिनेटपछि पुनः यासोकका प्रकाश सुब्बाले नै गोल गरी अग्रता दोब्बर बनाए । २३ औं मिनेटमा झापाले जवाफी गोल फर्काएको थियो । झापाका रोशन थाम्सुहाङको पासमा अभ्यास लिम्बुले गोल गरेको थिए ।

पहिलो हाफमा नै २–१ को अग्रता बनाएको यासोकले दोश्रो हाफमा समेत उत्कृष्ठ खेल प्रदर्शन गर्यो । उसले दोश्रो हाफसमा समेत २ गोल थप्न सफल बन्यो । दोश्रो हाफको १५ औं मिनेटमा यासोकका भुवन बस्नेतले गोल गरी ३–१ अग्रता बनाए । पुन २५ औं मिनेटमा बस्नेतले नै गोल गरी टिमलाई ४–१ को सानदार जितसगै उपाधि दिलाउन सफल बने ।

उता पहिलो हाफमा कमजोर प्रदर्शन गरेको चन्दगढीले दोश्रो हाफमा समेत खेल स’धार गर्न सकेन । आक्रामक खेलेको यासोकसामू रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । अन्तत्व चन्दगढीले उपविजेतामा चित्त बुझाउन बाध्य बनेको थियो ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ता विजेता यासोक पाचथरका भुवन बस्नेत, उत्कृठ खेलाडी यासोककै मिलन राई, उत्कृष्ठ डिफेन्डर उपविजेता चन्दगढी झापाका सुवास तामाङ र उत्कृष्ठ गोलकिपर विजेता यासोक पाचथरका मनोज प्रधान घोषित भए । उनीहरु प्रत्यकले नगद ८/८ हजार रुपैया प्राप्त गरे ।

गएको ८ मंसीरदेखि संचालित प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीता रहेको थियो ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको ११ औं संस्करण प्रतियोगिता आयोजना गरिएको थियो । २०६५ सालदेखि आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा सुरु भएको बर्सेनि ‘आत्मानन्द गोल्डकप’ को आयोजना गरिदैं आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार