सवारी दुर्घटनाबाट ४ महिनामा ६० जनाले ज्यान गुमाए

चितवन : चितवनमा आर्थिक वर्ष २०७५/७६ को चार महिनामा सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेद प्रसाद गौतमका अनुसार चालु आवको कात्तिक मसान्तसम्ममा १०९ ओटा सवारी दुर्घटना हुँदा २९१ जना घाइते भएका छन् । दुर्घटनाबाट साउनमा २१ जना, भदौंमा १५ जना, असोजमा १३ जना र कात्तिकमा ११ जनाले ज्यान गुमाएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत भएको २४ ओटा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु, नारायणगढ मुग्लिङ्ग सडकअन्तर्गत भएको २३ वटा दुर्घटनाबाट १० जनाले ज्यान गुमाए । त्यस्तै , भरतपुर महानगरमा पनि १७ ओटा दुर्घटना भएकोमा ८ जनाले ज्यान गुमाएका हुन् ।

त्यस्तै, यस अवधिमा १३ हजार ३९७ ओटा सवारी साधनलाई कारबाही गरी ९९ लाख ४१ हजार रुपैंयाँ राजस्व संकलन गरेको छ । सबैभन्दा बढी तीन हजार ९७४ ट्रकबाट २९ लाख २१ हजार रुपैंयाँ, दुई हजार ६२९ मोटरसाइकलबाट २२ लाख ५९ हजार रुपैंयाँ र दुई हजार ९६४ जिप\कार\भ्यानबाट १९ लाख ३९ हजार रुपैंयाँ राजस्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार