महिला सशक्तिकरण कार्यक्रमबाट ४ सय बढी महिला लाभान्वित

  सुजता सुनुवार
0 Shares

इलाम : मानव अधिकार मञ्चद्धारा सञ्चालित महिला सशक्तिकरण कार्यक्रमले चार सय भन्दा बढी महिलालाई सक्षम बन्न अभिप्रेरित गरेको छ ।

३ वर्षको समयवधिमा जिल्लाका विभिन्न स्थानका ४ सय १९ महिलाहरुलाई स्ववलम्बी बन्न सक्ने बनाएको हो । आज इलाममा भएको परियोजनाको फ्रेजआउट तथा दिगोपनाका लागि साझा योजना विषयक कार्यशाला कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा सो संख्या बराबरको महिलालाई सक्षम बन्न अभिप्रेरित गरेको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये राजनितिक क्षेत्रमा आफ्नो हक, अधिकारका निमित्त दावी गर्ने र स्थानिय निर्वाचनका लागि टिकट प्राप्त गर्ने र केही नेतृत्वमा समेत पुग्न सफल महिला दुई सय १८, विभिन्न संघसस्थामा र महिला समुहमा आवद्ध बन्न र अनुदान प्राप्त गर्न सक्षम महिला एक सय पाँच जना र विभिन्न तालिम प्राप्त गरि स्वरोजगार बन्नेमा ९६ जना रहेका छन् । महिला सशक्तिकरण कार्यक्रमको सहायताले सक्रिय महिलाहरु अहिले केही स्थानिय तहका निर्णायक तहमा छन् भने केही उद्यमी भएका छन् ।

आज सम्पन्न कार्यशाला कार्यक्रममा सहभागी भएका उद्यमी र स्थानिय तहका जनप्रतिनिधिले महिला सशक्तिकरण कार्यक्रमकै प्रभावले यहाँसम्मको प्रगति गर्न सफल भएको अनुभव सुनाएका थिए ।

सहभागी मध्येका चुलाचुली गाउँपालिका १ की सनिता थलङ्गले भन्नु भयो, ‘हामीलाई घरदेखि वडासम्म जान सक्ने बनाएको छ मानव अधिकार मञ्चको यस कार्यक्रमले आगामी दिनमा पनि मार्गदर्शकका रुपमा मञ्चले यस्ता कार्य निरन्तर गर्दै सहयोग गरिरहने अपेक्षा गरेको समेत बताए ।

यस्तै मनमाया राई, रुपा राई, रञ्जना थापा, उषा अधिकारी, वसन्त लिम्बु, द्रौपदा बस्नेत लगायतले समेत यस्तै अपेक्षा राखेका थिए । मानव अधिकारका लागि हातेमालो स्थापनाको १० औँ वर्ष र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०१८ को अवसरमा मानव अधिकार मञ्चको आयोजनामा कार्यशाला कार्यक्रम सम्पन्न भएको थियो ।

मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षता र जिल्ला सम्वनय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दल , उद्यमी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार