सुर्योदय नगरपालिकाका जेष्ठ नागरिकहरु देश दर्शनमा

  नयाँ बुलन्द
0 Shares

इलाम : सुर्योदय नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकहरु लाई देश दर्शन गराउनका लागि आज बाट यात्रा तय गरेको छ ।

जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेको  नगरपालिकाले नगर भित्र रहेका जेष्ठ नागरिकहरुलाई देश दर्शन कार्यक्रम अन्तर्गत तिर्थयात्रा गराउनका लागि आज बाट ७ दिनको यात्रा तय गरेको हो ।

नगरकार्यपालिकाको सभाबाट पारित कार्यक्रम अन्तर्गत नगर भित्र रहेका जेष्ठ नागरिक जो यस भन्दा अधि इलाम,झापा भन्दा बाहिर नपुगेका तथा अर्थिक रुपमा कम्जोर भएका ६० बर्ष माथिका उमेर समुहमा पर्ने जेष्ठ नागरिकहरुलाई लागि ७ दिने भ्रमण कार्यक्रम अायोजना गरिएको बताईएको छ ।

आज बाट सुरु भएको भ्रमण कार्यक्रममा काठमाडौ ,पोखरा ,लुम्बिनी तथा चितवन लगायतका जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गराईने योजना बनाईएको बताईएको छ ।

उक्त भ्रमण यात्रामा १ वडा बराबर  ५ जना जेष्ठ नागरिकहरु  र उनिहरुको साथ मा नगरपालिकाका नगर सभा सदस्य , स्वास्थ्यकर्मीको टोलि गरि ८० जना को हाराहारीमा रहेको नगरपालिकाका प्रबक्ता पेमा उगेन लामा (भाईचुङ)ले नयाँ बुलन्द लाई जानकारी दिएका छन ।

यात्रामा रहेका हरु लाई आज आईतवार  बिहान एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख रण बहादुर राईले बिदाइ गरेका हुन ।

भ्रमण टोलीले पहिलो दिनको यात्रामा बिहानको खाजा नास्ता इटहरी गरि आज जनकपुर पुगेर बस्ने योजना गरेको छ । साथै भोलिपल्ट बिहानै जानकी मन्दिरको दर्शन गरेर लुम्बिनी तर्फ अघि बड्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार