फोनिजले जिम्मेवार व्यवसायको प्रवर्द्धन र नीतिगत अवस्था सम्बन्धी अन्तरक्रिया इलाममा गर्दै

मजदुर संगठनका प्रतिनीधि, किसान, उद्यमी र सञ्चारकर्मी गरी ६० बढिको सहभागिता रहने

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय कार्यसमितिले जिम्मेवार व्यवसायको प्रवर्द्धन र नीतिगत अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम इलाममा संचानल गर्ने भएको छ ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा संचालित आइएलओ फोनिज एसीएफ परियोजना अन्तरगत सरोकारवालासँगको अन्तरक्रिया शुक्रबार इलाममा संचालन गर्ने भएको हो ।

मजदुर संगठनका प्रतिनीधि, किसान, उद्यमीहरु र सञ्चारकर्मीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम संचालन गरिने परियोजना संयोजक गंगादेवी गुरुङले जानकारी दिइन् । जिल्ला समन्वय सिमितको समिक्षा हलमा साढे १० बजेदेखि साढे १ बजेसम्म संचालन हुने कार्यक्रममा विभिन्न क्षेत्रका ६० जनाको सहभागिता रहनेछ ।

कार्यक्रममा उत्पादनदेखि उपभोक्तासम्मको मूल्य श्रृङ्खलामा उत्तरदायी व्यवसायको अभ्यास, संघीयता पछिको नीतिगत व्यवस्थालाई हेरिएको दृष्टिकोण, परियोजनाले पारेको समग्र प्रभावलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कार्यक्रमका लागि फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, सचिव कमन देवान, प्रदेश १ इन्चार्ज दिपीन राई, परियोजना संयोजक गंगादेवी गुरुङ इलाम आइसकेका छन् । कार्यक्रमको सबै तयारी पूरा भएको परियोजना संयोजक तथा फोनिज इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए ।

फोनिजले कृषि उत्पादन र त्यसको उत्तरदायी व्यवसायको प्रवद्र्धनका विषयमा कृषक, कृषि व्यवसायी, त्यस क्षेत्रका नीति निर्माता एवं सरोकारवालाहरुले गरिरहेका कामहरुलाई समेटेर समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको छ । कार्यक्रम अन्तरगत अदुवा, अलैँची, चिया र दुग्धजन्य उत्पादनको मुल्य श्रृंखला र उत्तरदायी व्यवसायको प्रवद्र्धन गर्न पैरवी अभियान, नीतिगत बहस र जनचेतनामुलक कार्यक्रमहरुको विषयवस्तुलाई समेटेर समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेका छन् ।

परियोजनाको पहिलो कार्यक्रम अन्तरगत फोनिजले ७ जिल्लाका २१ पत्रकारहरलाई समेटेर १२ देखि १६ कात्तिकसम्म अनुसन्धनात्मक पत्रकारिता तालिम इलाममा नै संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार