सिलाम खेतीमा किसानको आर्कषण बढ्दै

  गोबिन्द पौडेल
0 Shares

पशुपतिनगर : उत्पादन गरिएको सिलाम उचित मुल्यमा बजारमा तुरुन्तै बिक्न थालेपछि किसानहरु सिलाम खेतीमा लाग्न थालेका छन् ।
पहिला पहिला इलामको सिलाम भनेर गफ गरिने सुनिएको भएपनि प्राय इलामबाट मासिन लागेको सिलाम सूर्योदय नगरपालिका वडा नं ३ का किसानहरुले भने ब्यवसायिक रुपमा नै खेती गर्न थालेका छन् ।

आफुहरुले उत्पादन गरेको सिलाम पशुपतिनगरको बजारमा पु¥याउन साथ भारतिय ब्यपारीहरुले किनिदिने भएपछि आफुले पनि केही बर्षयता बारीमा सिुलामको खेती गर्ने गरेको रुङसुङ्गका शुशिला खड्काले बताइन । उनको बारीमा लगाएको सिलाम एक कुइटल जति उत्पादन हुने खड्काको अनुमान रहेको छ ।

बजारमा खाइने खाजा मः म  को साथी अचार बनाउन सिलामको प्रयोग औधी राम्रो मानिने भएको कारण भारतिय पहाडी बजारका मानिसहरुले सिलाम किन्ने गरेको कारण पशुपतिनगरको बजारमा यसको कारोबार राम्रो हुने गरेको एक ब्यपारिकाे भनाइ छ  । उनका अनुसार समय र माग अनुसार मुल्य फरक रहदा प्रतिकिलो एक सय देखी चार सय सम्ममा सिलामको ब्यपार भएको थियो ।

यता नेपालकै तराइ र शहरी क्षेत्रमा पनि सिलामको लोकप्रियता निक्कै रहेको छ । गाउका मानिसहरुले आफन्त र नातेदारलाइ अचारको लागि कोसेली पठाउन मात्रै प्रयोग गरिने गरेको सिलामबाट तेल निकाल्न सकिने र यसको पिनाको अचार खान मिल्ने रोङ ६ का सत्तरी बर्षिय किसान दीलमाया पौडेलको भनाइ रहेको छ ।

सामान्यतय कालो र सेतो गरि दुइ प्रजातीको रहने सिलाम धेरैजसो सेतो लोक प्रय मानिन्छ । यसैगरि धानको चामल र सिलाम मिसाएर मंसिरको पन्ध्रमा काचै खाने सास्कृतिक चलन पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार