नेकपा इलामको चियापान कार्यक्रम सम्पन्न

इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि इलामले बडादशैँ शुभदिपावली, छठ पर्व तथा चासाेक तङनामकाे अवसरमा शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे छ ।
साेमबार सदरमुकाम स्थित जिल्ला समन्वय समितिकाे सभाहलमा अायाेजना गरिएकाे  कार्यक्रम पृथक देखिएकाे थियाे ।
पृथक कसरी देखिएकाे थियाे ?
सदा झै अन्य कार्यक्रममा हुने भाषण त्यो आज भएन भाषणकाे रुपमा राखिने शुभकामना कसैले पनि व्यक्त गरेनन् ।
पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं‍. १ प्रतिनिधि सभाका संसद झलनाथ खनालको प्रमुख अाथित्यता एवम् पूर्व सभामुख तथा इलाम क्षेत्र नं‍. २ प्रतिनिधि सभाका संसद सुवास चन्द्र नेम्बाङको विशेष अाथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख तथा विशेष अतिथि दुवैले शुभकामना मन्तव्य राखेनन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, इलाम जिल्लाका पूर्व संसदहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा इलाम जिल्लाका ४ जनै प्रदेश सभा संसद  धिरेन्द्र शर्मा रमण, रामवहादुर मगर, खिनु लङवा र  काजिमान कागतेकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा अपेक्षा गरे भन्दा धेरै नेता तथा कार्यकर्ताहरुकाे उपस्थितिले कार्यक्रम हल पुरै खचाखच भएकाे थियाे । हलमा  नअटेर कतिपय त हल बाहिर नै बस्न बाध्य भएका थिए  ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि इलामका सचिव कान्छा लावतीले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार