माइजोगमाई गाउँपालिकामा कृषि सामाग्री वितरण

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले कृषि समुहलाई कृषि सामाग्री वितरण गरिएको छ।

गाउँपालिका भित्र सक्रिय चार वटा कृषि समुहलाई आइतबार एक कार्यक्रमका बीच ५० प्रतिशत अनुदानमा कृषि समाग्री वितरण गरेको हो।

गाउँपालिकाले माइजोगमाई ५ सोयाङमा सञ्चालित सक्रिय अर्गानिक कृषि समुह, माइजोगमाई १ प्रेमेजुङ्गमा सञ्चालित महिला कल्याण कृषि समुह र क्रियाशिल युवा समुह र नयाँबजारमा सञ्चालित महिला प्रगति कृषि समुहलाई विभिन्न कृषि औजार र टनेल वितरण गरेको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपलिकाका अध्यक्ष जीत बहादुर राइले गाउँपालिकालाई अर्गानिक कृषिको क्षेत्र बनाउने साथै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर लगानी समेत बढाउने बताए।

कार्यक्रम माइजोगमाई कृषि शाखा प्रमुख सत्यनारायण श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार