माइजोगमाई फुटबल: पुरुषतर्फ रेड डेविल्स र जोगमाई, महिला तर्फ सोयाङ र रेड जोगमाई फाइनलमा

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित अमर कल्याण माविको खेल मैदानमा जारी गाउँपालिका स्तरिय फुटबल प्रतियोगितामा  पुरुष तर्फ रेड डेविल्स नयाँबजार र जोगमाई तथा महिला तर्फ सोयाङ र रेड जोगमाई फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा पुरुष तर्फ  योल्मु स्पोर्टिङ्ग कल्ब नामसालिङ्ग‌लाई १-० गोल अन्तरले पराजित गर्दै रेड डेविल्सले उपाधी होडमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यस्तै दोस्रो खेलमा ओरेन्टल एकाडेमी सोयाङलाई ४-० गोलको फराकिलो अन्तरले पछाडी पार्दै  जोगमाई फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै महिला तर्फको सेमीफाइनल चरणको पहिलो खेलमा योल्मु स्पोर्टिङ्ग कल्ब नामसालिङ्ग‌लाई ३-० गोल अन्तरले ल पराजित गर्दै सोयाङ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरमा लिइएको थियो। ट्राइब्रेकरमा सोयाङले २ गोल गर्दा योल्मु स्पोर्टिङ्गले भने कुनै पनि गोल गर्न सकेन ।
त्यस्तै आइतबारै सम्पन्न दोस्रो खेलमा देवान स्पोर्टिङ्ग क्लबलाई  १-० गोल अन्तरले पराजित गर्दै  रेड जोगमाईले पनि फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
माइजोगमाई फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ। महिला तर्फ १२ र १४ बर्ष मुनिका पुरुषहरुको ८ टीमको सहभागीता रहेको‌ सो प्रतियोगिताको विजेताले नगद १० हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका सञ्जिव थामीले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार