उपाधीको लागि जिर्मले र गाडागल्ली भिड्ने  

  गोबिन्द पौडेल
0 Shares

रोङ : खेलको माध्यामबाट पर्यटन प्रबधन गराउने लक्ष्यको साथ गत असोज  ७ गते बाट रोङ ६ को सलकपुरमा प्रथम सलकपुर नकाउट च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७५ को पहिलो सेमी फाइनलका खेलहरु  समापन भएको छ । आगामी १५ गते हुने फाइनलको लागि जिर्मले फुवबल क्लव र गागागल्ली फुटब क्ल भिड्ने निश्चित भएको हो ।

रम्भ्याङ्ग फुटबल क्लव र जिर्मले फुटबल क्ल बिच भएको पहिलो से.मी फाइनलको खेलमा  जिर्मले फुटबल क्लवले रम्भ्याङ्ग फुटबल टीमलाइ तीन गोल गदै फाइनलमा प्रबेस गरेको थियो ।   अन्तिम सेमी फाइनलमा गाडागल्ली फुटबल क्लव झापाले  लामीटार फुटबल क्लवलाइ एकका बिरुद्ध तीनगोल गरि फाइनलको स्थान पक्का गरेको छ ।

खेलमाबिजेताले नगद ३५ हजार शिल्ड,ट्रफी र प्रमाणपत्र र उपबिजेताले नगद २५ हजार कप , ट्रफी र प्रमाणपत्र पाउने भएका छन् ।आयोजक समितिका अध्यक्ष निर्मल स्याङ्गबोले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार