प्रधानमन्त्री केपी शर्मा ओली दसैं मनाउन गृहजिल्ला झापा आउने

झापा  : प्रधानमन्त्री केपी शर्मा ओली दसैं मनाउन गृहजिल्ला झापा आउने भएका छन् ।

प्रधानमन्त्री आउने भएपछि झापाको सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ । सवारी चेकजाँचदेखि सीमा क्षेत्रमा हुने आवतजावत र ओसारपसारमा समेत कडाई गरिएको झापा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले झापाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताए ।

प्रधानमन्त्री ओली कात्तिक १ गते झापा जाँदै छन् । विगतका वर्षमा जस्तै चियापान समारोहलाई निरन्तरता दिन र शुभकामना आदनप्रदान गर्न उनी गृहजिल्ला जान लागेका हुन् ।

प्रधानमन्त्री ओली सोही दिन अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ । चाडपर्वको समयमा प्रहरी र भन्सारका कर्मचारीको चेक जाँचमा व्यस्तता बढ्ने र बिदामा बस्नाले जनशक्ति कम भएको मौका छोप्दै बिस्फोटक पदार्थ र हातहतियार भित्रन सक्ने भन्दै प्रदेश नम्बर १ को कुकुर शाखा धरानबाट तालिम प्राप्त कुकुर ल्याएर पनि झापाका मुख्य बजारमा चेकजाँच सुरु गरिएको एसपी ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार