इलाम : मेचीमार्ग अन्तर्गत इलामको देउमाइ नगरपालिका-१ स्थित होटल चामु अगाडी शनिबार साँझ ट्याक्टर दुर्घटना भएको छ ।
साँझ पौने ८ बजे को १ त ३४८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाँचथर फाल्गुनन्द -३ निवासी अन्दाजी वर्ष २५ का चलाक सुवास राई घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ ।
राँके बजारको फोहोरलाई डम्पिङ साइडतर्फ लैजाने क्रममा ब्रेक फेल भइ ट्याक्टर पल्टिएको स्थानीय गणेश फुयालले जानकारी दिए ।
घटनामा थिचिएका चालकलाई स्थानीयबासीले उद्धार गरि उपचारको लागि झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालतर्फ लगिएको बताइएको छ । सह-चालक भने सुरक्षित रहेको उनले बताए ।