बुढी पोल्ने पर्व मनाइँदै

  नयाँ बुलन्द
0 Shares

बैतडी : बैतडीसहित आसपासका विभिन्न जिल्लामा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाईदैछ ।

विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किंवदन्ती अनुसार भगवान् श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात् गोठालाहरुले पुतनाको शव दहन गरेको पण्डित दयाकृष्ण पन्तले बताए ।

द्वापर युगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण भने बाँचेको खुशियालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाईने गरिएको बताइन्छ ।

भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलन छ । पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता सांस्कृतिक कार्यक्रम गर्ने चलन पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार