बस दुर्घटना, दुईजनाको मृत्यु, चार घाइते

कैलाली : कैलालीमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु चारजना घाइते छन् ।

चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से१ख ११८८ नम्बरको बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ बस्ने अनिल वादीका छोरा १२ वर्षीय कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय परचुङ तामाङ रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका वादी र तामाङको उपचारकाक्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख हरिबहादुर वलीले जानकारी दिए ।

शुक्रबार अपराह्न ५ बजेतिर कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित बल्चौरनजिकै बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अरु घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

साइकल चालक अनिल वादीलाई बचाउन खोज्दा बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार