झापा : नेपाल निजामति कर्मचारी यूनियन (संघ) ले वर्सेनी वितरण गर्दे आएको सम्मानबाट यसवर्ष झापा,दमकका पत्रकार विष्णु सुब्बा सम्मानित भएका छन् ।
सुब्बालाई निजामति क्षेत्रमा कलम चलाएवापत यूनियनले दोसल्ला,सम्मानपत्रसहित सम्मानित गरिएको हो । दुई दशकदेखि जिल्लामा क्रियाशील पत्रकार सुब्बा २०५६ सालदेखि राससको जिल्ला स्ट्रिङगरसहित हाम्रो दमक अनलाइन डटकमका सम्पादकका रुपमा कार्यरत छन् ।
भद्रपुरमा मंगलवार एक कार्यक्रम गरि यूनियनले उनीसहित एक दर्जन बढी सेवानिवृत कर्मचारी, उत्कृष्ट कर्मचारी, सामाजिक व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको यूनियनका जिल्ला अध्यक्ष कविन्द्रविक्रम नेम्बाङले बताए ।
त्यसैगरि, कार्यक्रममा उत्कृष्ट व्यक्तित्वका रुपमा रेडक्रस झापाका सभापति लोकराज ढकाल, सामाजिक व्यक्तित्वका रुपमा मञ्जु सिटौला ( पोखे्रल ) सहित उत्कृष्ट कर्मचारीका रुपमा विष्ण प्रसाद नेपाल,सिता सुब्बा,मणिकुमार दाहाल,पूर्णबहादुर मगरलाई सम्मान गरिएको छ । त्यस्तै,यूनियनले सेवानिवृत भएका रिमा पाण्डे,भिमा पाण्डे,शसीविक्रम भट्टराई,पदम न्यौपाने,खड्क कार्की ,पासाङ शेर्पा र कृष्णप्रसाद भट्टराईलाई प्रंशसापत्र प्रदान गरेको थियो ।
उनीहरुलाई राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाई,झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेल,यूनियनका पूर्वाञ्चल संयोजक दिपेन्द्र खत्रीलगायतले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।