दक्षिण कोरिया : मृगौला पीडित इलामकी एक युवती बचाउनका लागि दक्षिण कोरियामा आर्थिक संकलन अभियान सुरु गरिएको छ । इलाम नगरपालिका-३ पुवामझुवाका नरजित राईकी २० वर्षीया छोरी दुर्गा राईको बोनम्यारो र मृगौलामा समेत समस्या आएपछि उनलाई बचाउन कोरियामा ‘दुर्गा बचाउ अभियान’ थालिएको हो ।
पीडित दुर्गा राईलाई स्वास्थ्य उपचार लागि कोरियामा रहेका इलामेली युवाहरुको साझा सामाजिक संस्था इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले अभियान नै चलाएर आर्थिक सहयोग संकलन सुरु गरेको छ । राई विगत ३ बर्षदेखी उपचाएर गराउँदै आएका थिए । पारिवारिक अवस्था कमजोर भएका दुर्गाको विभिन्न अस्पतालमा उपचारकै क्रममा अहिले सम्म करिब १४ लाख रुपैया खर्च भइसकेको छ ।
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सम्भव नभएपछि हाल काठमाडौंस्थित निदान अस्पतालमा उपचारको लागि लगिएको र चिकित्सकको सल्लाह अनुसार दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने चिक्तसकको सल्लाह छ ।
आर्थिक अवस्था नाजुक हुँदै गएपछि सहयोगका लागि कोरियामा अभियान चलाउनु परेको अभियान संयोजक भिमराज शंकरले जानकारी दिए । कोरियामा सहयोगको लागी SHANKAR BHIM RAJ को नाममा रहेको आइ बिके (ibk) बैङ्कको खाता नम्बर २३०-१४२५२०-०१-०११ र नेपालमा सहयोगको लागि दुर्गा राईको नाममा रहेको माछापुछ्रे बैङ्क लिमिटेडको खाता नम्बर ३३२३५२४६२९३२२०१६ मा सहयोग रकम जम्मा गर्न सकिने समाजका सचिव केदार निरौलाले जानकारी दिए ।
विगतका अभियानहरु जस्तै यो अभियानमा पनि कोरियामा रहरेका सबैले खुलेर सहयोग गरिदिनका लागि अनुरोध गरिएको इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाका अध्यक्ष मन्जु लावतीले जानकारी दिइन् ।