माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा ३२ लाख १६ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गाउँपालिकाले घरधुरी, मालपोत, व्यवसाय दर्ता तथा नवीकरण, पञ्जिकरण जरिवाना, सिफारिस शुल्क लगायतका शिर्षकबाट सो बराबरको राजश्व संकलन गरेको हो ।
संकलित राजस्व तथ्यांक अनुसार सबैभन्दा बढि सिफारिस शुल्क वापत १६ लाख ९३ हजार ७ सय ८४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने मालपोतबाट ११ लाख ३ हजार ४ सय ८२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै घरधुरी करबाट १ लाख ३६ हजार २ सय ५० रुपैयाँ, व्यवसाय दर्ता तथा नविकरणबाट ७२ हजार २० रुपैयाँ, पञ्जिकरण जरिवानाबाट ७८ हजार १ सय ५० रुपैयाँ, हाटबजार करबाट १ लाख २३ हजार १ रुपैयाँ र अन्य शीर्षकमा १२ हजार २ सय १३ रुपैयाँ राजस्व गाउँपालिकामा संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।
गाउँपालिकाका ६ वटै वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा संकलन भएको राजस्व ३२ लाख १६ हजार ५ सय मध्ये गाउँपालिकाको कार्यालयबाट गरिने विभिन्न सिफारिस शुल्कबाट ९ लाख ६ हजार ७ सय ९४ रुपैयाँ, हाटबजार करबाट १ लाख १२ हजार ८१ रुपैयाँ र अन्य शुल्कबाट १० हजार रुपैयाँ राजस्व गाउँपालिकाले संकलन गरेको छ ।
वडागत राजस्व संकलन यस्तो छ :
१ नम्बर वडा कार्यलयले घरधुरी करबाट १५ हजार २ सय रुपैँया, मालपोतबाट १ लाख ६१ हजार ७८ रुपैयाँ, व्यवसाय दर्ता तथा नवीकरणबाट १५ हजार ४ सय रुपैँया, पञ्जिकरण जरिवानाबाट ६ हजार ५ सय ५० रुपैयाँ र सिफारिस शुल्कबाट ९९ हजार २ सय गरी कूल २ लाख ९८ हजार ८ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
२ नम्बर वडा कार्यलयले घरधुरी मार्फत ३८ हजार ९ सय रुपैँया, मालपोतबाट १ लाख ७६ हजार १ सय ८५ रुपैयाँ, व्यवसाय दर्ता तथा नवीकरणबाट ३५ हजार ९ सय २० रुपैयाँ, पञ्जिकरण जरिवानाबाट १३ हजार ७ सय रुपैँया, र विभिन्न सिफारिस शुल्कबाट १ लाख २३ हजार ६ सय रुपैँया गरी जम्मा ३ लाख ८८ हजार ३ सय ५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
३ नम्बर वडा कार्यलयले कूल ३ लाख ३८ हजार १ सय एक रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जस मध्ये सो कार्यालयले घरधुरी कार बापत ७ हजार ३ सय ५० रुपैयाँ, मालपोतबाट १ लाख ४४ हजार २ सय ३१ रुपैयाँ, पञ्जिकरण जरिवानाबाट १४ हजार ५० रुपैयाँ र सिफारिस शुल्कबाट १ लाख ७२ हजार ४ सय ९० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
४ नम्बर वडा कार्यलयले पनि सबै भन्दा बढी मालपोतबाट १ लाख १ हजार ८ सय १३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने सबै भन्दा कम घरधुरी करबाट ३ सय रुपैँया मात्र संकलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै विभिन्न सिफारिस शुल्कबाट कार्यालयले १ लाख ५४ हजार ४ सय ५० रुपैयाँ र पञ्जिकरण जरिवानाबाट १९ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सो कार्यालयले कूल २ लाख ७७ हजार ९ सय १३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
५ नम्बर वडा कार्यलयले घरधुरी करबाट ५० हजार रुपैयाँ, मालपोतबाट ३ लाख ४३ हजार ५ सय ६० रुपैयाँ, पञ्जिकरण जरिवानाबाट १० हजार ८ सय रुपैँया, र सिफारिस शुल्कबाट १ लाख २० हजार २ सय रुपैँया गरी जम्मा ५ लाख २४ हजार ५ सय ६० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
६ नम्बर वडा कार्यलयले घरधुरी करबाट २२ हजार १ सय रुपैँया, मालपोतबाट लाख ७६ हजार ५ सय १५ रुपैयाँ, व्यवसाय दर्ता तथा नवीकरणबाट २० हजार ७ सय रुपैयाँ, पञ्जिकरण जरिवानाबाट १३ हजार ४ सय ५० रुपैयाँ, सिफारिस शुल्कबाट १ लाख १६ हजार ५० रुपैयाँ र हाटबजार करबाट १० हजार ९ सय २० रुपैयाँ गरि कूल ३ लाख ६० हजार ७ सय ३५ रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।
उल्लेखित तथ्याङ्कलाई हेर्दा वडा कार्यालयमध्ये सबैभन्दा बढी राजश्व ५ नम्बर वडा कार्यलयले संकलन गरेको छ भने सबै भन्दा कम राजस्व ४ नम्बर वडा कार्यालयको रहेको छ ।
वडा नम्बर ६ बाहेक अन्य कुनै पनि वडा कार्यलयले हाटबजार कर लिएको देखिँदैन । साथै वडा नम्बर ३, ४ र ५ मा व्यावसाय दर्ता तथा नवीकरणबाट राजस्व सङ्कलन नभएको गाउँपालिकाको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।