सुनसरीको मधेसामा किशोरीलाई बलात्कार गर्ने सार्वजनिक

  नयाँ बुलन्द
0 Shares

इटहरी : सुनसरीको इनरुवा ६ स्थित मधेसामा एक किशोरीलाई बलात्कार गर्ने तिनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले उनिहरुलाई सोमबार सार्वजनिक गरेको हो । बलात्कारमा संलग्न सुनसरीको रामधुनी नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल मगर, सोही वडा बस्ने १९ वर्षीय महमद जन्नत मिया र २१ वर्षीय भोला परियार रहेका छन् ।

मगर, जन्नत र मियाले गत ९ गते राति ९ बजे स्थानीय एक बालिकालाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । उनिहरुले ति किशोरीलाई राजमार्ग नजिक सामुहिक बलात्कार गरेको बताइएको छ ।  बलात्कार पछि ति किशोरी अचेत अबस्थामा सडक नजिक प्रहरीले फेला पारी उपचारको लागी अस्पताल लगेको थियो ।

प्रहरी देखेर तत्कालै भागेका शकास्पद युवाहरूलाई खोजेर पक्राउ गरेपछि जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

किशोरीको थप उपचार कोसी अञ्चल अस्पतालमा भइरहेको र स्वास्थ्यमा सुधार हुँदै आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार