संघीय समाजवादी फाेरम साेलुखुम्बु अध्यक्षमा मगर

  नयाँ बुलन्द
0 Shares

सोलुखुम्बु : संघीय समाजवादी फोरम नेपाल, सोलुदुधकुण्ड नगर समिति गठन गरिएको छ ।

सोलुखुम्बुको सल्लेरीमा आज आयोजित नगरस्तरीय भेलाबाट भैराज मगरको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा छिरि शेर्पा, दोर्ची तामाङ र ल्हाक्पा शेर्पा, सचिवमा दावा जाङबु शेर्पा, सहसचिवमा दिपक तामाङ, ल्हाक्पा कान्छा शेर्पा र छेवाङ शेर्पा, कोषाध्यक्षमा योगेश विक, सहकोषाध्यक्षमा दावा तामाङ छानिएका छन् ।

जिल्ला समन्वय समितिको समिक्षा हलमा सम्पन्न भेला नरेन्द्र मगरको अध्यक्षतामा भएको हो । उनी पार्टीका सोलुखुम्बु जिल्ला अध्यक्ष हुन् ।

भेलामा पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रे प्रमुख अतिथि र विशेष अतिथिहरुमा केन्द्रीय सदस्या लाक्पा शेर्पा, संघीय पर्यटन मञ्चका केन्द्रीय महासचिव काले शेर्पा, नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष पासाङ काजी शेर्पा, उपाध्यक्ष पेमा शेर्पालगायत अतिथिहरु थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार