गोरु काटेको अभियोगमा थापा पक्राउ

 नयाँ बुलन्द

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका-३ मेदिबुङका लक्ष्मणबहादुर थापालाई गोरु काटेर मासु विक्री गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयले प्रहरी कार्यालयमा थापाले गोरु काटेर मासु बिक्री गरी रहेको भन्ने जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सोमबार साँझ ५ बजे थापालाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त स्थानबाट गोरुको छाला तथा हाडहरु समेत बरामद गरेको छ ।  पक्राउ परेका थापालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार