गोबिन्द पौडेल
रोङ : रोङ गाउपालिका ३ नम्बर वडा कार्यालयले गत आर्थिक वर्षमा ३ लाख ५४ हजार ६ सय उनान्सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
वडा कार्यालयले सबैभन्दा बढी मालपोत बाट १ लाख ६९ हजार ८२ रुपैयाँ राजस्व सकलन गरेका छ । त्यस्तै विभिन्न सिफारिसबाट ८२ हजार २ सय रुपैयाँ र घरधुरी करबाट ५० हजार १ सय ५० रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यस्तै व्यवसाय दर्ताबाट ३८ हजार ४ सय रुपैयाँ, पञ्जिकरणबाट १४ हजार २ सय र घर बहाल करबाट ६ सय ६८ रुपैयाँ राजश्व संकलन गरेका वडा अध्यक्ष मात्रिका बरालले जानकारी दिए ।