मोरङमा बेग्लाबेग्लै दुर्घटनामा २ जना घाइते

नयाँ बुलन्द

मोरङ : मोरङ जिल्लामा मंगलबार बिहान भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा २ जना घाइते भएका छन ।

मोरङ बिराटनगर महनगरपालिका-२ स्थित दुर्गा चौकमा बिहना ०६:३० बजे को १ ह ४०२० नम्बरको सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा सिटी सफारीमा सवार मोरङ जिल्ला कटहरी गाउँपालिका- ७ स्थित थलाह बस्ने वर्ष १८ की संगिता सरदार घाइते भएकी छिन । घाइते महिलाको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भई रहेको छ ।

भने सिटी सफारीका चालक मोरङबिराटनगर महानगरपालिका-१ बस्ने वर्ष १८ को राजु कामत वडा प्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा रहेका छन ।

यसैगरी मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका-६ शिवालय टोल स्थित भित्री सडक खण्डमा बिहान साढे ८ बजे को २ ह १७३२ नम्बरको अटो रिक्साले ठक्कर दिदा सोही स्थान बस्ने पैदलयात्री वर्ष ७८ को कर्ण बहादुर गुरुङ घाइते भएका छन । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भई रहेको छ भने अटो रिक्सा चालक मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका-३ बस्ने वर्ष २१ को टिका लुँइटेल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार