प्रदेशसभा सदस्य भिमा यादवले गरीन् उदाहरणीय काम, जन्मदिनको अवसरमा कम्प्युटर प्रदान

नयाँ बुलन्द

पर्सा : प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य भिमा यादवले व्यक्तिगत खर्चबाट आफ्नो ६० औँ जन्मदिनको अवसरमा मध्य नेपाल सन्देश पत्रिकालाई एक थान कम्पयुटर प्रदान गरेकी छिन् ।

वीरगंजबाट प्रकाशित हुदैं आएको मध्य नेपाल पत्रिकालाई प्रदेश सभा सदस्य भिमा यादवले मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्कालाई प्रदान गरेकी छिन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य यादवले म आफै पनी महिला भएकाले महिलाहरुको हकहितका लागी जहिलेपनी आफुलाई केही गर्ने उत्प्रेरणा भईरहेकाले मध्य नेपाललाई आफ्नै खर्चबाट कम्पयुटर प्रदान गरेको बताईन् । राजधानी बाहिर नेपालमै महिलाहरुको सक्रियतामा प्रकासित हुने दोस्रो पत्रिका भएकाले पनी अर्थ अभावमा महिलाहरु पछाडी नपरुन भन्ने उदेश्यले आफ्नो जन्मउत्सवको अवसरमा महिला सञ्चारकर्मीहरुलाई सहयोग गरेको उनले बताईन् ।

कार्यक्रममा बेटि पढाऊ बेटि पढाऊ अभियान पर्सा जिल्लाकी संयोजक पुष्पा पाण्डे, नेपाल पत्रकार महासंघका पार्सद विजय भण्डारी, चेलि कृषि सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, संस्कृतिका अध्यक्ष आशु सरार्फ, सञ्चारकर्मी सुरेश विडारी, नेहाल खान, प्रणय साह, जाकिर हुसेन् बलिराम यादव लगायतको उपस्थिति रहेको थियो ।

विग्त २ वर्षदेखी महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित हुदैँ आएको यस पत्रिका तथा अनलाईनले महिलाहरुको हक हित तथा खोज मुलक सामाचारका लागी निरन्तर रुपमा समाजिक विषयमा कलम चलाउँदै आएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार