लिला लिम्बू
फुएतप्पा : नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद फाकफोकथुम ४ (साविक फुएतप्पा) ले वडाभित्रको आदिवासीहरुको घरधुरी संकलन गर्ने भएको छ ।
परिषदका अध्यक्ष दीपक लिम्बूको अध्यक्षतामा बसेको बैठकले ऐतिहासिक जातीय घरधुरी, जनसंख्या र धर्मको तथ्याङ्क संकलन गर्ने निर्णय भएको अध्यक्ष लिम्बूले जानकारी दिए ।
यही साउन मसान्तसम्ममा आदिवासी जनजातिमा आवद्ध सबै जातीहरुको घरधुरी, जनसंख्या र धर्मको तथ्याङ्क संकलन गरिसक्ने अध्यक्ष लिम्बूले जानकारी दिए । तथ्याङ्क संकलनका लागि प्रत्येक जातीय संस्थाका एक एक जना संकलक छनौट गर्न सम्बन्धित जातीय संस्थाहरूलाई जिम्मा दिइएको छ ।
फुएतप्पामा विभिन्न ८ वटा आदीवासी जनजातिहरू रहेका छन् । यहाँ मगर, लिम्बू, राई, गुरुङ, तामाङ, नेवार, सुनुवार र भुजेल जातिको बसोबास छ ।
बैठकले विभिन्न जातिहरुको बाजाहरू संरक्षणका लागि आदीबासी जनजाति महासंघ समन्वय परिषदको कार्यालयमा रहने गरी ऐतिहासिक निर्णय गरिएको समेत जनाइएको छ ।