सघिंयता पश्चात मालपोत कार्यालय इलामका सेवाग्राही घट्दै

इलाम  : देशमा सघिंयता आएसगैँ गाउँगाउँमा सिहंदरबार जाने आशामा मालपोत कार्यालय इलाममा सेवाग्राही घट्न थालेका छन् ।

सदरमुकाममा रहेको मालपोत कार्यालयको काम स्थानीय तहमा आउने आशामा ग्रामिण भेगबाट भने अत्यन्तै जरुरी काम पर्दा मात्र सेवाग्राही आउने गरेका हुन् ।

चार वटा नगपालिका र छ वटा गाँउपालिका गरि दश स्थानीय तह रहेको इलाममा देउमाई नगरपालिका र इलाम नगरपालिका दुई स्थानीय तहमा मात्र कार्यालय रहेका छन् ।

सेवाग्राहीमा भने कार्यालय गाँउगाँउमा आउनेमा आशा रहेतापनि तत्कालको समयमा कार्यालय जाने अवस्था छैन । प्राविधिक कठिनाई,स्रेस्ता सुरक्षा,पूर्वाधार संरचनाको अभावले गर्दा स्थानीय तहमा अन्य कार्यालयहरु जाने अवस्थामा भएपनि मालपोत कार्यालय भने दोधारमा रहेको मालपोत कार्यालय इलामका सुचना अधिकारी देउ कुमार लावती को भनाइ छ ।

मालपोत कार्यालय इलाममा आर्थिक वर्ष २०७४÷७५ सालको चैत्र मसान्त सम्ममा रजिस्ट्रेशन गर्नेको संख्या दुई हजार आठ सय ३४ रहेको छ । गत आर्थिक वर्षमा यो संख्या चार हजार पाँच सय १४ रहेको थियो । जसमा दृष्टिबन्धक तर्फ दुइ हजार एक सय ६१ रहेको छ भने गत आर्थिक वर्षमा दुई हजार दुई सय ४४ रहेको थियो ।

इलाममा गत तीन वर्ष यताको तुलना गर्दा दृष्टिबन्धकको संख्या क्रमशः बड्दै गएको छ । चैत्र मसान्तसम्मको तथ्यांक अनुसार रजिष्ट्रेशन राजिनामा मार्फत तीन करोड ६६ लाख ६९ हजार चार सय ८५ रकम असुल भएको छ भने दृष्टिबन्धक मार्फत ६९ लाख ३९ हजार आठ सय २० असुल भएको छ भने पुजीँगत लाभदर ८३ लाख ७० हजार सात सय ५१ रहेको मालपोत कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । पुजीँगत लाभदरमा समेत वर्षेनी वृद्धि भइरहेको मालपोत कार्यालय इलामका सुचना अधिकारी देउ कुमार लावतीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४र७५ को वार्षिक लक्ष्य चार करोड ५५ लाख ६१ हजार रकम रहेकोमा रहेकोमा कार्यालयमा लक्ष्य भन्दा बढी रकम असुल हुने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार