रबीण राई
धरान : अस्ट्रेलिया पडन इच्छुक बिद्यार्थीहरुको लागि शैक्षिक मेला द नेक्सट अस्ट्रेलिया एजुकेसन फेयर २०१८ हुने भएको छ ।
द नेक्स्ट एजुकेशन कन्सल्टेन्शी प्राली धरान शाखाको आयोजनामा आगामी जेष्ठ ५ गते धरान ८ धनकुटे रोड स्थित गोरखा डिपार्टमेन्ट स्टोरको सभाहलमा शैक्षिक मेलामा अस्ट्रेलियाका विभिन्न टप १० कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु आएर कलेजको बारेमा जानकारी गराउने भएको छ ।
सम्पुर्ण बिद्यार्थीहरुको लागि निशुल्क सहभागिता, उनिहरुलाइ आयल्सको लागि निशुल्क कार्ड उपहार प्रदान गरिने, फेयर सहभागिता हुने सबै बिद्यार्थीहरुलाइ अस्ट्रेलिया पडन जानको लागि निशुल्क काउन्सिलङ र प्रोसेसिङ गरिने अस्ट्रेलियाको लागि प्रोसेस गर्ने बिद्यार्थीहरु मध्य १० जनालाइ गोला प्रथाबाट निशुल्क ड्राइभिङको तलिम दिइने ट्प युनिभर्सल एकेडेमिका निर्देशक प्रकाश लोकन्द्रीले आफ्नै एजुकेसन सेन्टरमा मङलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
त्यसै गरि बिद्यार्थीहरुको सजिलोको लागि ती विभिन्न १० कलेज तथा युनिभर्सिटी कहाँ पडने बिद्यार्थीहरुले आफै छान्न सक्ने । के, के पडने ? कुन विषय पडने ? जस्ता कुरा देखि लिएर अस्ट्रेलिया नै किन जाने ? भन्ने विषयमा हामी भन्छौ अस्ट्रेलिया नै पडन जानू पर्छ किन त ? किनकी त्यहाको मौसम , हावापानी , बस्न सुबिधा र पार्ट टाइम जब सजिलै पाइन्छ ।
जब गर्दै पडन पनि सकिने भएको हुँदा बिद्यार्थीहरुको लागि अस्ट्रेलिया उचित गन्तव्य भएको साथै अहिले हामी संग इलाम, बिराटनगर र क्याम भित्रका गरि १० जना जति बिद्यार्थीहरु आयल्स पढी रहेको र अस्ट्रेलिया पडदा के कस्ता फाइदा पाइन्छ भन्ने बारे जानकारीको लागि यो मेलाको आयोजना गरेको पनि श्रेष्ठले बताए । साथै यो मेलाको उदेश्य बैदेशिक शिक्षको बारेमा अभिभावकहरुलाइ पनि जानकारी दिने यो मेलाको आयोजना गरेको पनि टप युनिभर्सल एकेडेमीका शिक्षक अनिल श्रेष्ठले बताए ।