बाह्रदशी : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) गाउँ समन्वय परिषद् बाह्रदशीको आयोजनामा भएको ७ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सोमबार सम्पन्न भएको छ ।
बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा तथा नेफिन बाह्रदशीको आयोजनामा भएको उक्त तालिममा १५ जातिय संस्थाबाट ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । समदर्शी सञ्चार समुह दमकको सहजिकरणमा ९ दिन सम्म सञ्चालन भएको तालिममा उद्घोषण कला, भाषण कला संगै व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइएको तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । साथै आर्थिक सहयोग गरेको बाह्रदशी गाउँपालिकालाई संस्थाको तर्फबाट कदर पत्र प्रदान पनि गरिएको थियो ।
नेफिन बाह्रदशीका अध्यक्ष अमृत वान्तावाको अध्यक्षतामा तथा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथमा गाउँपालिकाका उपाध्यक्ष रत्ना राजवंशी, बाह्रदशी गा.पा. वडा नं. ३ का वडाअध्यक्ष वीरेन्द्र राजवंशी, नेफिन बाह्रदशी पूर्वअध्यक्ष शेरबहादुर तामाङ, रामबहादुर श्रेष्ठ, राजगढ पूर्व सचिव तेज राई, राजु राजवंशी, बाह्रदशी गा.पा.का योजना प्रमुख तेजप्रसाद रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यपालिका उपाध्यक्ष राजवंशीले भने– नेफिन बाह्रदशीको यो कार्यक्रम प्रशंसनिय रहेको र आगामि दिनमा पनि यस्तै प्रकारको प्रभावकारी कार्यक्रमहरुको सञ्चालन गर्न सुझाउदै गाउँपालिकाले त्यसमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् । त्यस्तै प्रशिक्षार्थी समेत रहेकी महिला नेतृ ठम्बरकुमारी राजवंशीले भने– तालिम अत्यन्तै महत्वपूर्ण रहेको र प्रभावकारी ढंगले सम्पन्न भएको बताउँदै तालिम आयोजक नेफिन बाह्रदशी, वितिय सहयोगी संस्था बाह्रदशी गा.पा. र सहजिकरणको भूमिका निर्वाह गर्ने समदर्शी सञ्चार तथा समदर्शी टेक्निकल इन्स्टिच्यूट दमक प्रति आभारी रहेको समेत बताएकी थिइन् ।
कार्यक्रममा स्वागत गीत प्रशिक्षार्थी द्वय धनकुमारी श्रेष्ठ र रेणुका प्रधानले प्रस्तुत गर्दै सहभागि सबैलाई स्वागत गरेका थिए । त्यस्तै मातृभाषामा विष्णु राई र हिरा राजवंशीले गीत प्रस्तुत गरेको थियो भने तालिम अवधिभरका अनुभवहरुका बारेमा प्रशिक्षार्थी प्रतिज्ञा तामाङले राखेकी थिइन् । सहभागि प्रशिक्षार्थीहरुले सिकेका कलालाई समेत प्रस्तुत गर्दै कार्यक्रम समेत प्रशिक्षार्थीहरुले नै सञ्चालन गरेका थिए । कार्यक्रम सुरुवात गर्दै मौनधारण सम्म सञ्चालक द्वय थीर बहादुर भुजेल र विनिता मगर सुब्बाले सञ्चालन गरेको थियो भने बाँकि कार्यक्रम धनकुमारी श्रेष्ठ र विवेक राजवंशीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेफिन बाह्रदशीका उपाध्यक्ष टेकबहादुर तामाङले राखेका थिए ।