नयाँ बुलन्द
इलाम : मृगौला काम नलाग्ने भएपछि इलाम फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका संजित लावती अस्पतालमा चार महिनादेखि अस्पतालमा छटपटाईरहेका छन् ।
एकतप्पा निवासी १० वर्षीय संजित जनकल्याण मावि कक्षा–७ मा अध्ययनरत थिए । अकास्मात बिरामी परेपछि उनलाई मंसिर १२ गते झापाको विर्तासिटीमा भर्ना गरियो । त्यहाँ उपचार गर्दा दुवै मृगौला काम नलाग्ने भएको थाहा भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा लगेर उपचार गरिरहेको उनका बुबा रोमनाथ लावती बताउँछन् ।
छोराको उपचारमा अहिलेसम्म करिब आठ/नौ लाख रूपैयाँ सिद्धियो, अब पनि कति खर्च लाग्ने हो कुनै टुंगो छैन्, बुबा रोमनाथले भने, ‘छोराको उपचारका लागि सहयोग गरिदिनुप¥यो ।’ आर्थिक अवस्था कमजोर भएको लावती परिवारलाई छोराको उपचार खर्च जुटाउन यतिबेला धौ–धौ परेको छ ।
स्थानीय समाजसेवी पञ्चबहादुर योङहाङको अध्यक्षतामा ‘संजित लावती बचाऊ अभियान’ सञ्चालन गरिएको छ । अभियानले स्थानीयस्तरमा चन्दा सङ्कलन समेत सुरू गरेको छ । अहिलेसम्म यो अभियानमा करिब २१ हजार सङ्कलन भएको छ, अध्यक्ष पञ्चबहादुर योङहाङले भने, ‘अबका दिनमा यस अभियानलाई जिल्लाव्यापी र देश विदेशसम्म पु¥याउने लक्ष्य छ ।’ संजितको नियमित उपचार गरेमा सफल हुने चिकित्सकले सल्लाह दिएपछि परिवारमा आशा पलाएको रोम लावती बताउँछन् । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले समेत अपिल गरेका छन् ।