विराटनगर : नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ समितिको शनिबार भएको निर्वाचनको क्रममा भएको अनियमितताको छानविन गर्न माग गरिएको छ ।
प्रदेश समितिका प्रत्यासी अध्यक्षका उम्मेदवार गोपाल देवानले आइतबार एक प्रेश विज्ञप्ति जारी गरी ६ जिल्ला भएको निर्वाचन धाँधलीको विरोध जनाएका छन् । प्रदेश नं १ अन्तर्गतका १४ जिल्ला मध्ये सोलुखुम्बु, उदयपुर, ताप्लेजुङ, तेह्रथुम, खोटाङ र संखुवासभामा सतप्रतिशत र अत्यधिक मतदान भएको तथ्यांक भन्दै मिथ्यांक बाहिर ल्याइएको भन्दै विरोध जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नम्बर १ का ६ जिल्लामा भएको चुनावी धा“धलीको स्वतन्त्र र निस्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन हामी महासंघ केन्द्रीय कार्यालयलाई चुनौती दिन चाहन्छौं ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, सोलुखुम्बुका १५ भन्दा बढी मतदाता विदेश र राजधानीलगायत अन्यत्र छन् ।
तर सोलुखुम्बुमा जम्मा भएका ५४ सदस्यमा सबैले मतदान गरेर सदर भएको जनाइएको छ । त्यस्तै, उल्लेखित अन्य जिल्लाहरुमा पनि बुथ क्याप्चर गरेर नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट खटाइएका प्रतिनिधिहरु, निर्वाचन समितिमा संलग्न सुरक्षाकर्मी, निर्वाचन समितिका पधाधिकारीहरुले तीन दलीय सिन्डिकेटको पक्षपोषण गरि धाधली गरेको प्रस्ट भएको छ । हामी यस्तो नैतिकहिन मनोवृत्तिबाट ग्रस्त निन्दनीय कृत्यको भत्र्सना गर्दछौं ।