नयाँ बुलन्द
इलाम : इलाम जिल्लामा निर्माण गरिने खानेपानी आयोजनाहरुको दीगोपना माथि कुरा उठी रहेको वेला जिल्लाका बिभिन्न स्थानीय तहमा खानेपानी आयोजनामा मिटर रिडिङ्गको प्रयोग हुन थालेको छ ।
आयोजना प्रति उपभोक्ताहरुलाई जिम्मेवार वनाउन खानेपानीमा मिटर रिर्डिङ्गको प्रयोग गरीन थालेको हो । जिल्लाका माईजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ नामसालिङ्गमा खानेपानीमा मिटर रिर्डिङ्गको प्रयोग पहिलो पटक ल्याईएको छ ।
माईजोगमाई गाउँपालिका वडा नम्बर ४ मा रहेको नामसालिङ खानेपानी आयोजनामा उपभोक्ताकै सक्रियताबाट खानेपानीमा मिटर रिर्डिङ्गको प्रयोग ल्याएको हो । सो आयोजनाबाट लाभान्वित हुँदै आएका एकसय ३० घरधुरी उपभोक्ताकोमा खानेपानीमा मिटर रिर्डिङ्ग जडान गरीएको आयोजनाका अध्यक्ष प्रेम लम्सालले बताए ।
उपभोक्ताको घरमा खानेपानी मिटर रिर्डिङ्ग जडान गरेपछि अब उपभोक्ताले मासिक रुपमा पानीको महसुल ५० रुपैंयाँ बुझाउनु पर्नेछ । पानीको महसुल बुझाए बापत उपभोक्ताले मासिक पन्ध्रहजार लिटर पानीको उपभोग गर्न सक्ने अध्यक्ष लम्सालको भनाई ।
खानेपानीको मिटर रिर्डिङ्ग जडान कार्य सोहि खानेपानी आयोजना उपभोक्ता समितिका जेष्ठ सदस्य कृष्णबहादुर बुढाथोकिको घरमा सञ्चालित सप्ताह पुराणको अवसरमा आयोजना अध्यक्ष अध्यक्ष प्रेम लम्सालले उद्घाटन गर्नुभएको आयोजना उपभोक्ता समितिका सचिब झोझराज पौडेलले बताए ।
प्रतिघर मिटर जडानका लागि जम्मा चारहजार एकसय १५ रुपैंयाँ खर्च भएको छ । प्रति मिटर ११ सय रुपैंयाँका दरले खरीद गरीएको बताइएको छ । मिटर जडान गर्न प्रतिघरमा दुईसय रुपैंयाँ लिएको आयोजनाले बताएको छ ।