नयाँ बुलन्द
इलाम : इलामका बलात्कृत वृद्धाको सम्पूर्ण उपचार खर्च रोङ्ग गाउँपालिकाले व्यहोर्ने भएको छ ।
जिल्लाको रोङ गाँउपालिकाका अध्यक्ष संशेर राईको संयोजकत्वमा अस्पताल पुगेको टोलीले अस्पताल प्रशासनसँग गरेको छलफलमा उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने बताएको हो । अध्यक्ष राईले भने, ‘घटनाले हामी सबै दुःखी छौँ, दोषीलाई कारबाहीको दायारमा ल्याउन हामी सबै जुट्नु पर्छ ।’
उपचार खर्चको केही प्रतिशत अस्पतालले समेत व्यहोर्ने जनाइएको छ । वृद्धाको स्वास्थ्यवस्था सुधार हुदै गएको छ । चुडिन लागेको जिब्रो समेत जोडिएको छ ।
बलात्कार भएको हो या होइन भनेर छुट्याउन केही समय लाग्ने झापाको विर्तासिटी अस्पताल झापाले जनाएको छ । सबै रिर्पोर्ट आउन समय लाग्ने भएकाले बलात्कार एकल वा सामुहिक हो यो समेत अहिले नै भन्न नसकिने बताइएको छ ।
छलफलमा झापा क्षेत्र–२ की सांसद पवित्रा खरेल, रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राई गाउँपालिका प्रशाशकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
इलाका प्रहरी कार्यालय पशुपतीले घटनामा संग्लन रहेको आशंकामा थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।
जिल्लाको रोङ गाउँपालिका–१, शान्तिपुरका ७९ वर्षीया वृद्धाको गएको सोमबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेका पारिवारिक स्रोतले जनाएको छ ।