पथरी : बुद्धको मूर्ति सफा गर्ने क्रममा आइतबार करेन्ट लागेरमोरङको पथरी शनिश्चरेमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर भएका छन् ।
बुद्ध जयन्तिको मूर्ति सफा गर्ने क्रममा पथरी शनिश्चरे २ बुद्धचौकका ५२ बर्षीय लोक बहादुर तामाङ (योञ्जन)को करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय बुद्धचौकमा रहेको मन्दिर सजाउन माथि चढेर बुद्धको खजुर सफा गर्नेक्रममा छेउमै रहेको बिजुलीको पोलमा रहेको तारले करेण्ट लाग्दा योञ्जनको घटनास्थलमै मृत्यु भएको हो ।
करेन्ट लागेर सोहि ठाउँका ४५ बर्षिय हर्कबिर राई समेत गम्भिर भएका छन् । घाईते राईको धरान स्थित घोपा क्याम्पमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।