चट्याङ लागेर पाँचथरमा एक महिलाको मृत्यु

पाँचथर : चट्याङ लागेर पाँचथरको फिदिममा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन् ।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ खस्दा गम्भीर घाइते भएकी फिदिम नगरपालिका ११ बस्ने धुसेनी बस्ने वर्ष २१ की हेमकुमारी राईको उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार अपरान्ह ४ बजेतिर घरमै बसिरहेको अवस्थामा चट्याङ खस्दा हेमकुमारी र उनकी आमा वर्ष ४७ की कल्पना राई गम्भीर घाइते भएकी थिईन् । दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ हेमकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार