लिम्बू विद्यार्थी मञ्‍चद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

नयाँ बुलन्द

इलाम : लिम्बू विद्यार्थी मञ्‍च इलामले प्रकाशन गरेको शैक्षिक भित्तेपात्रो शुक्रबार विमोचन भएको छ ।

किरात याक्थुङ चुम्लुङ इलामको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले विमोचन गरे ।

लिम्बू विद्यार्थी मञ्‍च इलामले वार्षिक कार्यक्रम अन्तरगत भित्तेपात्रो प्रकाशन गरेको जनाएको छ । भित्तेपात्रो लिम्बू विद्यार्थी मञ्‍चले उठाउँदै आएको त्रैभाषिक नीति अन्तरगत किरात सिरीज‌ंगा, देवनागरी र अंग्रेजी भाषामा प्रकाशन गरिएको छ ।

लिम्बू विद्यार्थी मञ्‍च इलामका अध्यक्ष अतित योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी यामप्रसाद लिम्बू, किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिम, किरात याक्थुङ फा:सिङ सजुमका अध्यक्ष बखतबहादुर आङदेम्बे, लिम्बू विद्यार्थी मञ्‍चका केनद्रीय सदस्य रामकुमार लिङदम लगायतले पात्रोको समिक्षा र टिप्पणीसिहत शुभकामना मन्तव्य राखेका थिए ।

लिम्बू विद्यार्थी मञ्‍चका सचिव अस्मीता येक्तेनले सञ्‍चालन गरेको कार्यक्रमको स्वागत सहसचिव भीम योङहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार