इलाममा मुटुका बिरामी बढ्दै

नयाँ बुलन्द

इलाम :  पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला इलाम अस्पतालमा सञ्चालित मुटु रोग परिक्षण शिविरमा एक सय २० जना मुटु सम्बन्धी विरामी पाइएको हो ।

इलाम उद्योग वाणिज्य संघ र शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा परिक्षण गराएका एक हजार २७ मध्ये एक सय २० मुटु रोगी भेटिएको अस्पतालले जनाएको छ । शिविरमा सेवाग्राहीलाई हृदय केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द शर्माको नेतृत्वमा ८ डाक्टर सहित १७ जनाको टोलिले सेवा दिएका थिए ।

मुटु रोगीमध्ये कोहिको भल्व फेर्नुपर्ने, कसैको रगत नली फेर्नुपर्ने र कसैको अप्रेसन गर्नुपर्ने अवस्थाका रहेको शर्माले जानकारी दिए । यस्तै मुटु रोगीका लागि जोखिम मानिने ब्लडप्रेसरका विरामीको संख्या शिविरमा आएकामध्ये करिब ८० प्रतिशतमा पाइएको उनले बताए ।

परिक्षण गराउनेमा मुटु ढुकढुकी बढ्ने, डर लाग्ने, निन्द्राबाट बिउ“झिदा तर्सिने जस्ता समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् । मुटु रोग जन्मजात, रगत नली बिग्रेर लगायत विभिन्न कारणवाट हुन सक्छ । यस रोगबाट बच्नका लागि नियमित व्यायाम गर्नु पर्ने, धुम्रपान र मध्यपानबाट टाढै रहनु पर्ने, सन्तुलित खानपानमा ध्यान दिने पर्ने, खाना कम गरेर फलफूल, सागसब्जी बढि मात्रामा खानुपर्ने चिकित्सको सुझाव छ ।

जिल्ला भित्र र छिमेकी जिल्लाका ग्रामिण क्षेत्रका पनि परिक्षणका लागि आएको शिविरमा इसिजि तथा इको लगायतका सेवा दिइएको थियो । शिविरमा निशुल्क औषधि वितरण गरिएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार