बंगलादेश-भुटान-भारत-नेपालबीच सीधा यातायात सञ्चालन

काठमाडौँ : बंगलादेश-भुटान-भारत-नेपालबीच सीधा यातायात सञ्चालन भएको छ । जुन १५, २०१५ को (बीबीआईएन) सम्झौता अनुसार ढाकाबाट काठमाडौँका लागि दुई वटा यात्रु बस आज छुटेका हुन् । दुई देशलाई सडक यातायातबाट जोड्ने योजना अनुसार परीक्षणका लागि दुई यात्रु बस काठमाडौंका लागि छुटेका हुन् ।

दुबै बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिदउद्दिनको नेतृत्वमा तीन देशका ८० जना प्रतिनिधि काठमाडौंका लागि हिँडेको बंगलादेशको पत्रिका द डेली स्टारले जनाएको छ । ढाकाबाट छुटेका श्यामोली परिवहनका दुवै बस यही १३ गते बिहीबार काठमाडौं आइपुग्ने छन् । चारै देशले निकट भविष्यमा व्यापारिक प्रयोजनका लागि यात्रु बस चलाउने तयारी गरेका छन् ।

सडक विभाग बंगलादेशका सचिव नजरुल इस्लामका अनुसार ढाकाबाट यी बसलाई भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली र नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झण्डा हल्लाएर बिदाई गर्नु भएको हो ।

ढाकाबाट हिँडेका यी बसहरु बंगबन्धु हुँदै भारत-बंगलादेश सीमा फूलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा नाकाबाट नेपाल प्रबेश गर्नेछन् । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार