टीभी नाइन युट्युब च्यानलको उद्घाटन

नयाँ बुलन्द

इलाम : इलामका नौ युवाको सक्रियतामा इलामबाट सञ्चालित ‘टीभी नाइन’ नामक युट्युब च्यालनको उद्घाटन भएको छ । सदरमुकाममा आयोजित कार्यक्रममा इलाम नगर प्रमुख महेस बस्नेतले च्यानलको उद्घाटन गरे ।

जिल्लाको पर्यटकीय, धार्मिक, कृषिजन्य तथा विविध विधामा जानकारी दिने उद्देश्यका साथ युवाहरूले संयुक्त लगानीमा च्यानन सुरु गरिएको कार्यक्रममा जानकारी दिइएयो । इलामका यूवाहरू हरि गुरुङ, सुदीप श्रेष्ठ, राजेश पराजुली, सन्दीप प्रधान, लोकेश अधिकारी, मिलन निरौँला, सुधीर राम शाक्य, प्रबीन श्रेष्ठ, हेमराम ढकालको संयुक्त लगानीमा युटुब च्यानल निर्माण भएको हो ।

च्यानललाई जिल्लाका सम्भाबित उपजहरूको प्रचार प्रसारको माध्यम बनाउनका लागि सहभागीहरूले जोड दिएका छन् । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख बस्नेतले समयअनुसार परिवर्तन हुनका लागि अहिलेसम्म भएका सञ्चार माध्यमभन्दा नयाँ किसिमको सामाग्री पस्कने गरी च्यानल निर्माण गरेकोमा यूवाहरूलाई धन्यवाद दिए ।

कार्यक्रममा इलामका विशिष्ट नागरिक युद्धप्रसाद बैद्य, नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति धर्म गौतम, जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकर, अलैची व्यवसायी संघका जिल्ला अध्यक्ष बिजय खाकी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्यावसन) इलामका अध्यक्ष बिकाश कर्मचार्य, होटल एशोसिएसन इलामका अध्यक्ष देबी पौड्याल लगायतले शुभकामना ममन्तव्य राखेका थिए ।

च्यानलको म्यानेजिङ डाइरेक्टर प्रबीन श्रेष्ठ, टेक्निकल डाइरेक्टर हेमराज ढकाल, चिफ डाइरेक्टर हरि गुरूङ, प्रोडक्सन सुदीप श्रेष्ठ, स्टेशन म्यानेजर सन्दीप प्रधान, टेक्निकल सपोर्टरमा लोकेश अधिकारी, सिनेमा ग्राफरमा मिलन निरौँला, सुधिरराम शाक्य, सञ्जय प्रधान रहेका छन् ।

प्रोडक्सन डाइरेक्टर सुदीप श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा टेक्निकल डाइरेक्टर हेमराज ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा च्यानलका म्यानेजिङ डाइरेक्टर प्रबीन श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार