सुर्योदय: इलाका प्रहरी कार्यालय पशुपतिनगरले नेपाल भित्रियाउँदै गरे अवैध रक्सी बिहीबार नष्ट गरेको छ । अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्रियाउँदै गरेको अवस्थामा गत चैत्र ९ गते पक्राउ गरिएको रक्सी नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगर परिसरमा सुर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई, पशुपति भन्सार कार्यालयका प्रतिनिधि, संचारकर्मी लगायतको रोहवरमा रक्सी नष्ट गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख शिवकुमार बुढाथोकीले जानकारी दिए । करिब पचास हजार मुल्य माथिको सिक्किमे ब्राण्डको ९० बोतल रक्सी नष्ट गरिएको बताइएको छ ।



